+
+
Shares

राजकुमार रावसँग निकिता चाण्डक !

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १३:१३

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक यतिबेला बलिउडमा भाग्य अज्माउने तयारीसहित मुम्बईमा छिन् । प्रसिद्ध बलिउड निर्देशक संजयलीला भन्सालीसँग उनको आगामी फिल्ममा काम गर्ने पक्का भैसकेको छ ।

नाम उल्लेख नगरिएको भन्सालीको आउँदो प्रोजेक्टमा आफू छोटो भूमिकामा देखिन लागेको उनको भनाई छ । यस्तोमा, पछिल्लो ब्लकबस्टर फिल्म ‘स्त्री २’ अभिनेता राजकुमार रावसँग निकिताले विज्ञापन फिल्ममा अभिनय गरेकी छन् ।

टीटी नामक गञ्जीको अभिनयमा यी दुईलाई देख्न सकिन्छ ।

‘विज्ञापन सुटबाट…’ क्याप्सनसहित निकिताले इन्स्टाग्राममा राजकुमारसँगको छोटो क्लिप सेयर गरेकी छन् । यो पोस्टमा उनले अभिनेता रावलाई मेन्सन गरेकी छन् । एकातिर भन्सालीजस्ता सुपरस्टार निर्देशकको फिल्ममा छोटो रोल भएपछि डेब्यु गर्न लाग्नु र अर्कोतिर बलिउड सुपरस्टार रावसँग विज्ञापन फिल्ममा अभिनय गर्नु, यी दुबै कुरा निकिताको लागि महत्वपूर्ण छन् ।

‘साङ्लो’बाट नेपाली फिल्मको अभिनयमा डेब्यु गरेकी निकिताको पछिल्लो फिल्म ‘राजागञ्ज’ हालै रिलिज भएको थियो । उनले यसबीचमा अर्को एक युरोपेली फिल्ममा पनि अभिनय गरेकी छन् । निकिता सन् २०१७ की मिस नेपाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?