 
																			२० चैत, काठमाडौं। चैत १५ गते कोटेश्वरमा राजावादीले गरेको प्रदर्शनका क्रममा घर फर्किँदै गरेका विद्यार्थी रेविका खत्री र दिनेश खत्रीमाथि झुक्किएर गोली लागेको प्रहरीले बताएको छ ।
नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, ‘ भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजुमाथि परेको हो। उहाँहरूलाई झुक्किएर गोली लागेको हुनुपर्छ ।’

प्रहरी प्रवक्ता आचार्यले लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएका कारण स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हुन सक्ने स्पष्टीकरण दिए ।
हेर्नुस् भिडियो
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4