२१ चैत, काठमाडौं । झापा एफसी र काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए ।
तेस्रो सिजनको उद्घाटन खेलमै काठमाडौंले दुई गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै साविक विजेता ललितपुर सिटीसँग २-२ को बराबरी खेलेको थियो ।
अर्कोतर्फ झापाले भने एक खेलाडी कम भएको बुटवल लुबिनीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो । झापाले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि दोस्रो हाफमा त्यो प्रदर्शन कायम राख्न नसक्दा गोलरहित बराबरीमा रोकियो ।
त्यही काठमाडौं र झापाबीच एनएसएलमा बिहीबार प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
झापा लकेन लिम्बुको कप्तानीमा मैदान उत्रँदैछ भने काठमाडौंको कप्तानी कुलदिप कार्कीले गर्नेछन् ।
यस पटक लिगच चरणमा ६ खेल मात्र हुनेछ र पहिलो खेलमै बराबरीमा रोकिएपछि दुवै टोली आफ्नो पहिलो जित निकाल्ने लक्ष्यमा छ ।
यी दुई टोलीबीच अहिलेसम्म एनएसएलमा जम्मा एक खेल भएको छ । दोस्रो संस्करणमा झापा र काठमाडौले गोलरहित बराबरी खेलेका थिए ।
 
                    










 २०८१ चैत  २१ गते ७:५५
                        २०८१ चैत  २१ गते ७:५५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4