+
+
Shares

पत्रकार सुरेश रजकको परिवारलाई प्रेस सेन्टरले दियो १० हजार

राजावादी प्रदर्शनको क्रममा भएको आगजनीमा परेर मृत्यु भएका सुरेश रजकको परिवारलाई भेटेर प्रेस सेन्टरका नवनिर्वाचित र पूर्वपदाधिकारीहरूले न्यायका लागि पहल गर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १४:४४

२१ चैत, काठमाडौं । प्रेस सेन्टर नेपालले तीनकुनेमा भएको राजावादी प्रदर्शनको क्रममा आगजनीमा परेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेको छ ।

घरमा पुगेर सेन्टरका पदाधिकारीहरूले रजक प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सेन्टरका नवनिर्वाचित अध्यक्ष कमल गिरीको नेतृत्वमा निवर्तमान महासचिव सन्तोष पौडेल र नवनिर्वाचित महासचिव मनोज घर्तीमगर सहितको टोली बिहीबार रजकको घरमा पुगेको हो ।

त्यसक्रममा अध्यक्ष गिरीले रजकको मृत्यु नभएर हत्या भएको बताउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आफूहरू पनि माग रहेको बताए ।

रिपोर्टिङको क्रममै ज्यान गएकोले रजकलाई शहीद घोषणा गर्नुपर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने परिवारजनको माग छ । अध्यक्ष गिरीले आफूहरू परिवारजनको साथमा रहेको र रजकको न्यायका लागि संगठनको ऐक्यबद्धता रहने बताए ।

सेन्टरले रजकको परिवारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?