२२ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले प्रयोग गर्ने होम तथा अवे जर्सीहरु अनधिकृत रुपमा उत्पादन र बिक्री भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
एन्फाले जारी गरेको एक सार्वजनिक सूचनामा, कुनै पनि अनुमति बिना राष्ट्रिय टोलीका जर्सीहरुमा लोगो राखेर उत्पादन तथा विक्रि वितरण गर्ने कार्य गैरकानुनी भएको स्पष्ट उल्लेख छ।
साथै, यस्ता अवैध गतिविधिहरु जारी रहेमा सम्बन्धित निकायमार्फत आवश्यक कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ।
एन्फाले आम फुटबल प्रेमीहरुलाई अनधिकृत रुपमा उत्पादन गरिएका जर्सीहरु खरिद नगर्न अनुरोध गर्दै राष्ट्रिय टोलीको पहिचान जोगाउन सबै पक्षबाट सहयोग आवश्यक रहेको बताएको छ।
 
                    










 २०८१ चैत  २२ गते १४:४४
                        २०८१ चैत  २२ गते १४:४४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4