 
																			२२ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत चैत १५ गते भएको तीनकुने घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
राप्रपाले सरकारको तर्फबाट भएको दमन, घुसपैठ र झुठा मुद्दामा पार्टीका नेताहरू पक्राउ परेको भन्दै राप्रपाले मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको हो ।
राप्रपाको प्रतिनिधिमण्डल आज आयोगको केन्द्रीय कार्यालय पुगेर आयोगका अध्यक्ष तपबहादुर मगर, सचिव मुरारी खरेल लगायतसँग छलफल गरेको हो ।
छलफलपछि आयोगका अधिकारीले राप्रपाले उठाएको विषयमा आफूहरूको ध्यानाकर्षण भएको बताएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
आयोगमा राप्रपाका महामन्त्रीद्वय राजेन्द्र गुरुङ र शरदराज पाठक, प्रवक्ता मोहन कुमार श्रेष्ठ, मुख्य सचिव केदारबहादुर अधिकारी, केन्द्रीय नेताहरू अमृत पुडासैनी, निरुपमा यादव, खुश्बु ओली, उद्धवराज भेटवाल, सजिना कार्की, रविकिरण हमाल लगायत सहभागी थिए ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4