+
+
Shares

सभापतिलाई थुनामा पठाउने प्रक्रिया कानुनसम्मत भएन, एक बनौं : रास्वपा सांसद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते १६:१९

२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरीले सभापति रवि लामिछानेलाई थुनामा पठाउने प्रक्रिया कानुनसम्मत नभएको दाबी गरेका छन् ।

शनिबार चितवनमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अदालतको विधि नै नपुगी पुर्जीबिना सभापति लामिछानेलाई थुनामा लगिएकोमा आपत्ति जनाए ।

‘हिजोको घटनाले दुखी पनि बनाएको छ । संयमित भएर हामी शक्तिको रुपमा परिणत गर्नेछौं । अदालतको सम्मान गर्छौं,’ चौधरीले भने, ‘तर, अदालतको आदेश विधि नपुग्दै पक्राउ पुर्जीबिना गरिने यस्तो थुनाइ कानुनी होइन ।’

उनले देशमा निराशा, आक्रोश र अन्याय भएको भन्दै उनले सरकार दलाल र ठेकेदारको सेवक बनेको आरोप लगाए ।

‘देशमा निराशा छ, आक्रोश छ, अन्याय छ, तर आज सरकार दलाल र ठेकदारको सेवक बनेको छ । बेरोजगारीले युवा विदेशिन बाध्य भएका छन् । विद्यार्थी शिक्षा नपाएर दिक्दार भएका छन्,’ उनले भने, ‘मजुदर पेट पाल्न संघर्ष गरिरहनु परेको छ । के अब यो लुटतन्त्र सहिरहने हो ? हैन, अब समय आएको छ । अब एक हुने बेला आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?