+
+
Shares

जुम्लामा ‘कल्ली’ छायांकनमा अर्पण थापा, यस्तो छ लुुक्स

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १२:५९

काठमाडौं । छायांकन भइरहेको फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । केही सातादेखि कर्णालीको जुम्लामा छायांकन चलिरहेको छ ।

थापाको लुक्सले दर्शकमा कौतुहलता जगाउने देखिन्छ । निर्देशक लक्ष्मण सुनारले उनको भूमिकाबारे खुलाएनन् । यद्यपि, गाउँले मुखिया टाइपको भूमिका हुनसक्ने अड्कल काट्न सकिन्छ । उनको वेशभुषा र सेट डिजाइनले उनी उक्त भूमिकामा देखिन लागेको अनुमान छ ।

निर्माता किरण नेपालीका अनुसार एक सातामा छायांकन सकिनेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा हिमाल कडरिया र अमलादेवी राइको लगानी छ । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतको अभिनय छ । प्रदर्शन मिति भने तय छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?