 
																			२५ चैत, काठमाडौं। तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ ।
उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ‘त्यहीँ पत्रकारको मृत्यु भएको छ, लगभग उस्तै समयमा उनी झर्दै गरेको देखिएको छ’, उपत्यका अपराध अनुसन्धान कार्यालय एक अधिकृतले भने, ‘त्यसैले सोधपुछका लागि ल्याएका छौं ।’
अरुको घरमा अनाधिकृत रुपमा प्रवेश गरेको आरोप समेत उनीमाथि प्रहरीले लगाएको छ । १५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो, २० जनालाई प्रहरीको गोली लागेको थियो ।
यो प्रकरणमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत हिरासतमा छन् भने प्रसाईं फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4