+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

१०औं दिन पनि शिक्षकहरू सडकमा (तस्वीरहरू)

बिहीबार सरकारसँग भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बन्यो । जसका कारण उनीहरूले २० चैतदेखिको आन्दोलनलाई जारी राखेका हुन् ।

शंकर गिरी शंकर गिरी
२०८१ चैत २९ गते १४:५८

२९ चैत, काठमाडौ । नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलन १०औं दिन पनि जारी छ ।

माइतीघरदेखि बिजुली बजार पुलसम्मको सडक कब्जा गरेर उनीहरूले सरकारलाई माग पूरा गराउन दबाब दिइरहेका छन् ।

बिहीबार सरकारसँग भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बन्यो । जसका कारण उनीहरूले २० चैतदेखिको आन्दोलनलाई जारी राखेका हुन् ।

महासंघले विगतमा भएको सहमति कार्यनयन गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न भनेको छ । उनीहरूले विशेष अधिवेशन वा बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन् ।

‘ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन भन्यौं । अब ऐन जारी गर्ने वातावरण बन्यो भने मात्र वार्तामा आउँछौ भनेका छौं,’ पराजुलीले भनिन्, ‘आन्दोलन गर्नु हाम्रो रहर होइन बाध्यता हो ।’

उनका अनुसार दुवै पक्षले थप गृहकार्य गरेर अर्को वार्ताको मिति तय गर्ने छ ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?