News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएका छन्।
- खनालले पार्टी राजनीतिमा सक्रिय हुन जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन्।
- खनाल २०७४ सालदेखि कार्कीको सचिवालयमा विभिन्न भूमिकामा थिए र मुख्यमन्त्री बनेपछि जनसम्पर्क सल्लाहकार बनेका थिए।
३० वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले राजीनामा दिएका छन् । खनालले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो जिम्मेवारीबाट अलग भएको बताएका हुन् ।
उनी कार्कीको विश्वासपात्र हुन् । राजीनामाको कारण भने खुलेको छैन । खनालले भने पार्टी राजनीतिमा सक्रिय हुन जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन् ।
हिक्मतकुमार कार्की पहिलो प्रदेशसभा निर्वाचनपछि प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । उनी कानुन मन्त्री हुँदा पनि खनाल सचिवालयमा नै थिए । कार्की मुख्यमन्त्री बनेपछि जनसम्पर्क सल्लाहकारको जिम्मेवारी खनालले पाएका थिए ।
खनालले आफ्नो कार्यकालका क्रममा सहयोग गर्नेप्रति आभार पनि व्यक्त गरेका छन् ।
एमाले सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीका विश्वासपात्र खनाल २०७४ सालदेखि उनको सचिवालयमा विभिन्न भूमिकामा थिए ।
प्रतिक्रिया 4