+

हिमाल फ्रेन्ड्स सेमिफाइनलमा

२०८१ चैत  ३१ गते २२:२४ २०८१ चैत ३१ गते २२:२४
हिमाल फ्रेन्ड्स सेमिफाइनलमा

३१ चैत, पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी२० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्स सेमिफाइनल प्रवेश गरेको छ ।

आइतबार भएको समूह सीको अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो ।

चार टिम रहेको समूह सी कै अर्को खेलमा खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हरायो ।

हिमाल फ्रेन्ड्सको कुल ३ खेलबाट २ जितसहित कुल ५ अंक रह्यो । समान खेल खेलेको लुम्बिनी २ जित १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । ३ खेलमा १ जित १ हारसहित कर्णालीको ३ अंक रहँदै तेस्रो स्थानमा रहँदा ३ खेलमै हार व्यहोरेको मधेश अंकविहिन हुँदै बाहिरियो ।

वर्षा बाधक बन्दा मधेशलाई घाटा भयो भने हिमालय फ्रेण्ड्सलाई फाइदा पुग्यो ।

११ ओभरको खेल सकिदासम्म मधेश ६४-४ को स्थितिमा थियो । तर वर्षाका कारण हिमाल फ्रेण्ड्स डीएल मेडथ अनुसार ३ रनले विजयी भयो । खेल रोकिनुअघि मधेशका ओपनर रोहन विकले २७ बलमा ४ चौका प्रहार गरी ३० रन बनाएका थिए । रवि सिंहले १८ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हिमालय फ्रेन्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । उसका लागि आयुव चन्दले ३४ बलमा ६चौका र १ छक्का मदतमा सर्वाधिक ३६ रन जोडे । सन्जय बोहोराले २२, अभिनाश सिंहले १६ रन  बनाए भने अरुण दानी १५ रनमा नटआउट रहे ।

मधेशका लागि विशाल सुस्लिङले ४ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । रुपेश सिंह र प्रदिप पासवानले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच दिपक रोकाया घोषित भए ।

अर्को खेलमा लुम्बिनीले १०२ रनको १७ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । तुलबहादुर थापाले १४ बलमा २ चौका र २ छक्का प्रहार गरी अविजित २८ रन जोडे । सन्दिप राजाली ३७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा अविजित रहे ।

कर्णालीका लागि नरेन्द्र सन्जाल र सुवाष भण्डारीले २–२ तथा कृष्ण कार्कीले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनायो ।  कर्णालीका लागि सुवाष भण्डारीले २२ बलमा ५ चौका प्रहारी गरी २६ रन बनाए । सौरभ सकर्मीले २२ बलमा ३ चौका र १ छक्का मदतमा २३ रन जोडे ।

लुम्बिनीका लागि एकलाख अहमेदले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अजय कुमार चौहानले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हुसेन र सन्देश थापाले १-१ विकेट लिए । खेलको प्लेयरअफ दी म्याच एकलाख अहमेद घोषित भए ।

प्रतियोगितामा यसअघि नै काठमाडौं र गण्डकी हिरोज सेमीफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको दशौं दिन सोमबार समूह डी अन्तर्गत सुन्दर हेरचाह आईसिसी र आत्रेय क्रिकेट क्लबबिच पहिलो तथा मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब बिच दोस्रो खेल हुनेछ ।

केपी ओली कप टी२० क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय