+
+
Shares

जनमत पार्टीका कोषाध्यक्ष सप्तरीमा पक्राउ, ललितपुर ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १७:३६

७ वैशाख, काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् ।

उनलाई सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरेको हो । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पक्राउ गरिएको पुष्टि गरे । ‘राजविराजबाट पक्राउ परेका हौं । उहाँविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएको रहेछ । अब उतै पठाउँछौं’ खतिवडाले अनलाइनखबरसँग भने ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएर अदालतबाट पक्राउ पुर्जी समेत आएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?