
१० वैशाख, काठमाडौं । बजारमा हरियो धनियाँको मूल्य घट्दा ब्रोकाउलीको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो धनियाँको प्रतिकिलो थोक मूल्यमा ७१ रुपैयाँले गिरावट आएको छ ।
आज हरियो धनियाँको प्रतिकिलो थोक मूल्य ९५ रुपैयाँ कायम छ । हिजो मंगलबार प्रतिकिलो १ सय ६६ रुपैयाँमा धनियाँ किनबेच भएको थियो ।
यसैगरी कालीमाटी थोक बजारमा ब्रोकाउलीको मूल्य बढेको छ । आज ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य २० रुपैयाँ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य सूचीमा उल्लेख छ ।
आज ब्रोकाउली प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार ब्रोकाउली प्रतिकिलो ३५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4