+
+
Shares

सर्वोच्च अदालतको टिप्पणी : सुनुवाइ प्रभावित पार्न प्रधानन्यायाधीशबारे गलत समाचार लेखियो

प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइपछि न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासले ‘प्रधानन्यायाधीशलाई जोडेर संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दाको विषयमा आपत्तिजनक र आधारहीन समाचार प्रकाशित भएको देखिएको’ भनी टिप्पणी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १७:००

१० वैशाख, काठमाडौं। सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरुबारे विचाराधीन मुद्दा प्रभावित पार्न प्रधानन्यायाधीश र पूर्वराजाबीच भेटवार्ता भएको भनी समाचार प्रकाशित भएको भनी न्यायिक टिप्पणी गरेको छ ।

नेपाली पेन डटकम नामक अनलाडनले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र पूर्वराजा ज्ञानेन्द्रविच भेट भएको भनी ५२ संवैधानिक पदाधिकारीहरुको प्रसंग जोडेर समाचार लेखेको थियो। त्यसपछि सर्वोच्च अदालतकै दुई कर्मचारीहरुले उक्त अनलाइनका प्रधानसम्पादक डा. दिपेश केसी र कार्यकारी सम्पादक सचिना बानियाँलाई कारवाही गर्नुपर्ने भनी प्रतिवेदन दिएका थिए ।

प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइपछि न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासले ‘प्रधानन्यायाधीशलाई जोडेर संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दाको विषयमा आपत्तिजनक र आधारहीन समाचार प्रकाशित भएको देखिएको’ भनी टिप्पणी गरेको हो ।

सर्वोच्च अदालतले उक्त समाचारलाई ‘प्रथमदृष्टिमा नै न्याय व्यवस्था प्रति सर्वसाधारणमा भ्रम सृजना गर्न सक्ने’ भन्दै पोर्टलबाट समाचार हटाउन आदेश दिएको हो ।

साथै उसले उक्त अनलाईनका प्रधान सम्पादक केसी र कार्यकारी सम्पादक सचिना बानियालाई एक साताभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतले उनीहरुको म्याद तामेलका लागि प्रहरीको साइबल ब्यूरोको सहयोग लिन पनि आफ्ना तामेलदारलाई आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?