+
+
Shares

तीनकुने घटना : प्रसाईं र मिश्र लगायतलाई तीन दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १९:५६

१० वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, सोही प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं लगायतलाई ३ दिनको म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनीहरूविरुद्ध पहिलो पटक २९ चैतमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप भएको थियो ।

तीनकुने घटनामा नै पक्राउ परेका रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप भएको थियो ।

उनीहरूसँगै म्याद मिलान गर्न प्रसाईंलाई १२ दिन म्याद थप भएको थियो ।

अहिले परिसरको हिरासतमा ६४ जना छन् । अहिलेसम्म पक्राउ परेका मध्ये ८५ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । उनीहरूमध्ये २१ जनालाई भने हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान गरिएको छ । तर हाजिरी जमानीमा छाडिएकाहरूलाई मुद्दा भने चलाइने प्रहरीले बताएको छ ।

दुर्गा प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?