+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘कोशेढुंगा’ तीजमा विश्वभर रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १७:२८

काठमाडौं । सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘कोशेढुंगा’को प्रदर्शन मिति तय भएको छ । निर्माताले विहिबार पोस्टर सार्वजनिक गर्दै यो फिल्म हरितालिका तीजको छेकोमा भदौ १२ गते आउने जनाएका छन् ।

पोस्टरमा अभिनेत्री पन्तलाई प्रस्तुत गरिएको छ । गाउँको पृष्ठभूमिमा पछ्यौरी ओढेको ग्रामिण महिलाको चरित्रमा पन्त फिचर्ड छिन् ।

फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । यसमा सुरक्षासहित आर्यन सिग्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनालको पनि अभिनय छ ।

फिल्मलाई महिलाप्रधान बताइएको छ । प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रुपमा छन् । कार्यकारी निर्मातामा दिनेश खड्का छन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।

यो फिल्मलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । सेभेन सिजले विज्ञप्ति जारी गर्दै यो फिल्म सो मितिमा देश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउने जनाएको छ ।

सुवेदी र ढकाल सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्माता हुन् भने पौडेल निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?