
१५ वैशाख, काठमाडौं । पर्साको पोखरियास्थित मालपोत कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ ।
मालपोत कार्यालय पोखरियाका प्रमुख रामजी साहका अनुसार जनतालाई सहज सेवा प्रवाह गर्नका लागि कार्यालयका सबै शाखा समेत गरी १० वटा सीसी क्यामेरा जडान गरी सेवा प्रवाह सुरु गरिएको हो ।
मालपोत कार्यालयबाट सेवाग्राहीको काम सहज रूपमा गर्न र कर्मचारीबाट कुनै पनि किसिमको लापरबाही हुन नदिन सबै शाखामा क्यामेरा जडान गरी सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
सीसी क्यामरा जडान भए पछि सेवाग्रहीको काममा कुनै गुनासो आउन नदिने उनको दाबी छ ।
सेवा सञ्चालनबारे कुनै गुनासो भए आफूलाई सूचना दिन सेवाग्राहीसँग उनको आग्रह छ ।
जनताका कानुन सम्मत गुनासो समाधान गर्न आफू प्रतिबद्ध रहेको उनले बताए ।
पोखरियामा मालपोत कार्यालय स्थापना भएको दुई महिनामा १९० वटा फाइलको मुद्दा छिनोफानो गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4