९ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले मालपोत कार्यालय, डिल्लीबजारमा छड्के निरीक्षण गरेका छन् ।
बुधबार दिउँसो मन्त्री इङनामले छड्के निरीक्षण गरेका हुन् । उनी त्यहाँ सेवाग्राही बनेर पुगेका थिए ।
सो क्रममा उनले मालपोत कार्यालय वरपर बिचौलियाहरू भेटिएपछि मन्त्री इङ्नामले कार्यालय प्रमुख काजी बहादुर विष्टसँग भेटेर ध्यानाकर्षण गराए ।
सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नेतर्फ ध्यान दिन पनि मन्त्री इङनामले कार्यालय प्रमुखलाई निर्देशन दिए ।
राज्यले सहज रुपमा सेवाग्राहीलाई सेवा दिन नसक्दा जेनजी आन्दोलन भएकाले यसतर्फ मन्त्रालय गम्भीर रहेको सो क्रममा मन्त्री इङनामले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4