+
+
Shares

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी निर्माण सुरु गरिएको छ ।

रासस रासस
२०८२ पुष ९ गते २०:०६

९ पुस, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी निर्माण सुरु गरिएको छ । सो ट्यांकी निर्माणमा आवश्यक पानी बोक्न खच्चडको प्रयोग गरिएको छ ।

खाँचीकोटमा पानी पुर्‍याउन लुम्बिनी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो योजना लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिने वडाध्यक्ष चुराबहादुर केसीले जानकारी दिए ।

मोटरबाटो नपुगेको उक्त स्थानमा खानेपानी ट्यांकी निर्माण गर्न दैनिक सात वटा खच्चडलाई पानी बोकाइएको छ । डोल्पाबाट ल्याइएका ती सातवटा खच्चड जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्यूठानहुँदै हिल स्टेशनमा ल्याउनै १५ दिन लागेको थियो ।

एउटा खच्चडले एक पटकमा ७० लिटर पानी बोक्ने गर्दछ । एउटा खच्चडलाई पानी बोकाए बापत् दैनिक पाँच हजार रुपैयाँ ज्याला खच्चड धनीलाई भुक्तानी गर्ने गरी पानी बोकाइरहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले बताए ।

यसरी पानी बोकाउँदा एक लिटर पानीको करिब १० रुपैयाँ पर्ने अनुमान गरिएको छ । खाँचीकोट क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थानसमेत मानिन्छ । हिल स्टेशनसम्म पुग्न सहज हुँदा यो स्थान नयाँ पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?