 
																						१६ वैशाख, काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले बढुवा गरेका नेपाल प्रहरीका ६ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ देखि नै लागू हुनेगरी डीआईजी चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा बढुवा गरेको हो ।
बढुवा भएका एआईजीहरूलाई मन्त्रिपरिषद् बैठकले पदस्थापन गरेको छ ।
चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पदस्थापन गरिएको छ । यस्तै, लालमणि आचार्य नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा, कृष्णहरि शर्मा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा पदस्थापन भएका छन् ।
अर्का एआईजी दानबहादुर कार्कीको नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागमा र एआईजी राजन अधिकारीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ ।
यसैगरी, एआईजी मनोजकुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग नक्सालमा पदस्थापन भएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4