+

अन्तर्राष्ट्रिय क्रिकेटबाट अमित श्रेष्ठको सन्यास

२०८२ वैशाख  १७ गते १०:१० २०८२ वैशाख १७ गते १०:१०
अन्तर्राष्ट्रिय क्रिकेटबाट अमित श्रेष्ठको सन्यास

१७ वैशाख, काठमाडौं । क्रिकेटर अमित श्रेष्ठले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने श्रेष्ठले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी गराएका छन् ।

उनले बुधबार सामाजिक सञ्जालमा स्ट्यास लेख्दै उक्त घोषणा गरेका हुन् । नेपाली यू-१९ टिमको जर्सी लगाएर नेपालको प्रतिनिधित्व गर्ने सपना पूरा गर्न पाउनु आफ्नो लागि सुखद रहेको उनले बताएका छन् ।

उनले क्रिकेट प्रतिको आफ्नो माया कायम रहने र डोमेस्टिक खेलहरु भने खेल्ने बताएका छन् । अमितले नेपाली यू-१९ राष्ट्रिय टिमका लागि खेलेका थिए । उनले सन् २०१३ मा एसीसी यू-१९ इलाइट कप र एसीसी यू-१९ एसिया कप खेलेका थिए ।

तर डेढ दशक क्रिकेट खेल्दा उनले सिनियर राष्ट्रिय टिममा भने खेल्ने अवसर पाएका छैनन् । उनले सन् २०१२ मा घरेलु राष्ट्रिय क्रिकेटमा लगातार दुई खेलमा शतक प्रहार गरेका थिए ।

बारा कलैयाका ३१ वर्षीय अमितले फ्रेन्चाइज क्रिकेटमा एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग खेलिसकेका छन् ।

उनले गत वर्ष भएको नेपाल प्रिमियर लिग (एनपीएल) सुदूरपश्चिम रोएल्सबाट खेलेका थिए ।

अमित श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय