
१७ वैशाख, काठमाडौँ । एलओडी क्लबका निर्देशक भुपेन शमशेर कुँवरले अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई बजारीकरण गर्ने गरी काम अगाडि बढिरहेको जानकारी दिएका छन् । सोमबार साँझ क्लबमा आयोजित अन्तर्क्रियामा उनले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाइसकेको क्लब भएकाले अन्तर्राष्ट्रिय बजारमा क्लबलाई लैजाने योजना रहेको बताएका हुन्।
उनले क्लबको आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्ने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार नयाँ सीट व्यवस्थापन भइसकेको छ । लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले जानकारी दिए ।
‘अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई कसरी बढीभन्दा बढी मार्केटिङ गर्ने भनेर अगाडि गइन्छ, ’ उनले भने, ’सासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर ठूला-ठूला कार्यक्रम गर्ने योजना छ । ग्राहक तथा पाहुनालाई स्वागत गर्ने तरिकालाई थप प्रभावकारी बनाइनेछ ।‘
त्यसैगरी क्लब जाने मानिस बिग्रने, विकृति ल्यायो भन्ने जस्ता धारणा समाजमा बन्ने गरेको उनले दुःखेसो पोखे । समाजमा रहेको क्लबप्रतिको धारणालाई केही हदसम्म एलओडी क्लबले चिर्न सकेको दावी निर्देशक कुँवरले गरे ।
उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । ‘नियत खराब भए त कसको के लाग्छ र ?’ कुँवरले भने, ‘आज म दाबीका साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला ।’ यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरञ्जन गर्न सक्ने उनले बताए ।
अहिले काठमाडौं आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको दावी पनि उनको छ ।
डिजे म्युजिकले संगीतका पारखीलाई मजाले आकर्षण गर्न सकेको उनको भनाइ छ । ‘हाम्रा पाहुँनाहरूले यहाँ बसेर र खाएर मनोरञ्जन लिन सक्छन्,’ उनले भने ।
मिठो बोल्ने कर्मचारी र पाहुनाहरूलाई सुरक्षित राख्न सक्नु क्लबको दायित्त्व रहेको उनले प्रस्ट पारे । कुँवरका अनुसार क्लबमा १५० जना भन्दा बढी कर्मचारीहरू छन् ।
प्रतिक्रिया 4