 
																			१७ वैशाख, काठमाडौं । शिक्षक महासंघसँग सत्तारुढ दल कांग्रेस र एमालेका प्रमुख सचेतकले ऐन जारी गर्ने प्रतिबद्धता जनाउने भएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा चलिरहेको वार्तामा एमाले मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रतिबद्धता जनाउने भएका छन् ।
‘महासंघसँग ऐन जारी गर्ने प्रतिबद्धता गछौं,’ मुख्य सचेतक बर्तौलाले भने । वार्तामा शिक्षा समिति सभापति अम्मर बहादुर थापा पनि सहभागी थिए ।
शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले २० चैतदेखि काठमडौंमा आन्दोलन गरिरहेका छन् ।
मन्त्रिपरिषद्बाट हुने निर्णय पनि आजै हुने छ । त्यसपछि सहमतिमा हस्ताक्षर गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4