 
																			१७ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी असार १५ गतेसम्म विद्यालय शिक्षा ऐन जारी नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ ।
बुधबार (आज) सरकारसँग वार्ता भएपछि विज्ञप्ति जारी गर्दै महासंघले तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलनमा जान बाध्य हुने बताएको छ ।
शिक्षक महासंघसँग सरकारले आगामी असार १५ गतेसम्म शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएको छ ।
जसमा प्रमुख दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका छन् ।
‘आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ,’ महासंघले भनेको छ, ‘साथै तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान बाध्य हुनेछ ।’
साथै, आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेको महासंघले बताएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4