+

च्याम्पियन्स लिग सेमिफाइनल : बार्सिलोना र इन्टरको रोमाञ्चक बराबरी

२०८२ वैशाख  १८ गते ८:०५ २०८२ वैशाख १८ गते ८:०५
च्याम्पियन्स लिग सेमिफाइनल : बार्सिलोना र इन्टरको रोमाञ्चक बराबरी

१८ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलानले ३-३ को रोमाञ्चक बराबरी खेलेका छन् ।

बार्सिलोनाको मैदानमा भएको ६ गोल थ्रीलर खेलमा इन्टरले दुई पटक अग्रता लिंदा पनि जोगाउन सकेन ।

इन्टरका लागि डेन्जेल डम्फ्रेसले दुई गोल गरेपनि जितका लागि पर्याप्त भएन । अर्को एक गोल मार्कुस थुरामले गरे ।

बार्सिलोनाका लागि लामिन यामल र फेरान टोरेसले एक-एक गोल गरे । इन्टरका यान सोमेरले आत्मघाती गोल गरेका थिए ।

सुरुमा इन्टरले दुई गोलको अग्रता लिएपनि जोगाउन सकेन । खेलको पहिलो मिनेटमै थुरामले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । डुम्फ्रेसले २१औँ मिनेटमा गोल गरेपछि इन्टरले अग्रता दोब्बर पार्‍यो । तर पहिलो हाफमै बार्सिलोनाले दुई गोल फर्कायो ।

यामलले २४औं मिनेटमा बार्सिलोनाका लागि पहिलो गोल गरे भने फेरानले ३८औं मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफमा पनि सुरुमा इन्टरले नै गोल गर्‍यो । डुम्फ्रेसले ६४औं व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरले ३-२ को अग्रता बनायो । र त्यसको दुई मिनेटपछि नै इन्टरका किपर सोमेरले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गर्‍यो । त्यसपछि भने खेलमा थप गोल हुन सकेन ।

अब यी दुई टोलीबीच दोस्रो लेगको खेल ६ मे मा इन्टरको घरेलु मैदान सान सिरोमा हुनेछ ।

इन्टर मिलान बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय