
१८ वैशाख, काठमाडौं । एक दशक भन्दा बढी समयदेखि सर्जरीको क्षेत्रमा सेवा दिँदै आएको काठमाण्डौँ क्लिनिक अफ कस्मेटिक्स सर्जरी(केसीसीएस)ले शाखा बिस्तार गरेको छ ।केसीसीएस बुधबारबाट काठमाडौंको बौद्धमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
सन् २०१२ मा अनामनगरमा केसीसीएसको स्थापना गरिएको थियो । सेवाग्राहीको आकर्षण बढेसँगै शाखा बिस्तार गरिएको संस्थापक वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन डा. सुयोग मैनालीले जानकारी दिए ।
आधुनिक उपकरण, विज्ञ स्वास्थ्यकर्मी, सफल व्यवस्थापनको अवधारणासहित नयाँ शाखा स्थापना गरिएको डा.मैनालीले बताए । केसीसीएसले अन्तर्राष्ट्रिय स्तरको लेजर प्रविधिबाट उपचारका साथै कस्मेटिक सर्जरी, स्किन लेजर ट्रिटमेन्ट, कपाल प्रत्यारोपण लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4