
फाइल तस्वीर
१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
आजको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइएको थियो । तर, उनी भने छलफलमा सहभागी छैनन् ।
प्रचण्ड सचिवालय स्रोतका अनुसार बिहीबारको छलफलका लागि प्रधानमन्त्रीको सचिवालयबाट बोलावट भएको थियो । ‘उहाँ जानुभएको छैन, बोलावट भएको थियो,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।
समसामयिक राजनीति, नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्नका लागि उनीहरू भेटवार्तामा जुटेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4