+
+
Shares
संगीत :

पाकिस्तानले भारतीय गीतमा प्रतिबन्ध लगायो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १३:२०
लता मंगेशकर, मोहम्मद रफी, किशोर कुमार, मुकेश, अरिजित सिंहजस्ता गायकका गीतहरू पाकिस्तानमा लोकप्रिय छन् ।

काठमाडौं । कश्मिरको पहलगाममा भएको ‘आतंकवादी हमला’पछि भारत सरकारले सबै पाकिस्तानी कलाकारहरूलाई प्रतिबन्ध लगाएको छ । उनीहरूको सामाजिक सञ्जाल खाताहरू पनि ब्लक गरिएका छन् ।

यससँगै भारतमा १६ वटा पाकिस्तानी युट्युब च्यानल पनि प्रतिबन्धित गरिएको छ । यसको प्रतिवादमा पाकिस्तानले पनि भारतीय गीतमा प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानले मे १, बिहीबारदेखि आफ्ना एफएम रेडियो स्टेशनहरूमा भारतीय गीतहरूको प्रसारण बन्द गरेको छ । दैनिक भाष्करका अनुसार यसको जानकारी पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) का महासचिव शकील मसूद आफैंले दिएका हुन् । उनले भने, ‘पीबीएले तत्कालबाट देशभरका पाकिस्तानी एफएम रेडियो स्टेशनमा भारतीय गीतको प्रसारण बन्द गरेको छ ।’

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तान प्रसारणकर्ता संघ (पीबीए) को निर्णयको प्रशंसा गरेका छन् । पीबीएलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘पीबीएको यो देशभक्तिपूर्ण कदम अत्यन्तै प्रशंसनीय छ र यसले सम्पूर्ण राष्ट्रको सामूहिक भावनालाई प्रतिबिम्बित गर्दछ ।’

उनले पाकिस्तानका एफएम स्टेशनमा भारतीय गीतहरूमा प्रतिबन्ध लगाउनु यस कुराको प्रतीक भएको पनि बताउँदै यस्तो कठिन समयमा सबैजना राष्ट्रिय एकतालाई बलियो बनाउन र हाम्रा मूल्यमान्यताको रक्षा गर्न एकजुट रहेको बताए ।

भारतीय गीतहरू पाकिस्तानीमाझ धेरै लोकप्रिय छन् । विशेष गरी लता मंगेशकर, मोहम्मद रफी, किशोर कुमार र मुकेशजस्ता गायकका गीतहरू धेरै लोकप्रिय छन् । यति मात्र होइन, उनीहरूका गीत त्यहाँको एफएम रेडियोमा दैनिक प्रसारण हुन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?