
फाइल तस्वीर
१९ वैशाख, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक आह्वान गरिएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार शनिबार (भोलि) दिउँसो १ बजे बैठक बस्ने बर्तौलाले जानकारी दिए ।
बैठकमा नीति तथा कार्यक्रममाथि र बजेटमाथिको संसद्मा हुने छलफलबारे नेताहरूले ब्रिफिङ गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4