+
+
Shares

कांग्रेस बैठकमा प्रश्न- नियुक्तिमा एमालेकरण भएन र ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २० गते १९:१०

२० वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले पछिल्लो समय सरकारी नियुक्तिमा एमालेले एकलौटी गरेको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरूले नियुक्तिबारे प्रश्न उठाएका हुन् ।

बैठकमा सहभागी एक सांसदका अनुसार, सरकारको फाइदा, बेफाइदा र आलोचना लगायतका विषयमा कांग्रेस जिम्मेवार हुनुपर्ने भएपछि नियुक्तिमा पनि सोही अनुसार हुनुपर्ने तर्क सांसदहरूले गरेका थिए ।

साथै, बैठकमा सहभागी एक सांसदले त ‘नियुक्तिमा एमालेकरण’ भएको भन्दै आपत्ति जनाए ।

‘सरकारको फाइदा बेफाइदा दुवै लिनुपर्ने भएपनि सत्ता साझेदार दलले नियुक्ति किन एमालेकरण भयो ?,’ ती सांसदले बोल्ने क्रममा भनेका छन्, ‘कांग्रेस बलियोसँग लाग्नुपर्‍यो । तुरुन्तै मन्त्रीसहितका बैठक राखेर छलफल पनि गर्नुपर्‍यो ।’

हिजोमात्रै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि अधिकांश सांसदहरूले प्रश्न गरेका थिए ।

आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि उनीहरूले विभेद हुन नहुने बताएका थिए ।

‘कार्यक्रम र योजना सांसदको योजना कहिँ न कहिँ सम्बोधन हुनेगरी लाग्नुपर्छ,’ बैठकमा एक सांसदले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?