+
+
Shares

बर्कशायर ह्याथवेको सीईओ छाड्दै वारेन बफेट

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १०:१८

२१ वैशाख, काठमाडौं । डलर अर्बपति लगानीकर्ता वारेन बफेटले यो वर्षको अन्त्यसम्म बर्कशायर ह्याथवे कम्पनीको मुख्य कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

बीबीसीका अनुसार ९४ वर्षीय बफेटले आफ्नो कम्पनीको वार्षिक बैठकमा अब कम्पनीको नेतृत्व उपाध्यक्ष ग्रेग एबललाई सुम्पिने समय आएको बताएका हुन् ।

उनले भने, ‘मलाई लाग्छ यो उपयुक्त समय हो, अब ग्रेगले वर्षको अन्त्यमा कम्पनीको सीईओ बन्नु पर्छ।’

बफेटले एक समय घाटामा रहेको बर्कशायर ह्याथवे नामक कपडा उद्योगलाई रूपान्तरण गरी आज करिब १.१६ ट्रिलियन डलर मूल्यको एक विशाल लगानी कम्पनीमा परिणत गरेका छन्।

उनी विश्वकै सबैभन्दा सफल लगानीकर्ताका रूपमा चिनिन्छन्।

बर्कशायर ह्याथवेले ६० भन्दा बढी कम्पनीहरूमा स्वामित्व राख्छ-जसमध्ये बीमा कम्पनी जीईआईसीओ, ब्याट्री निर्माता ड्युरासेल र डेरी क्वीन जस्ता रेस्टुरेन्टहरू प्रमुख हुन्।

त्यस्तै, कम्पनीसँग एप्पल, कोकाकोला, बैंक अफ अमेरिका र अमेरिकन एक्प्रेस जस्ता ठूला कम्पनीहरूमा ठूलो लगानी पनि छ।

गत महिना ब्लूमबर्गको रिपोर्ट अनुसार, वारेन बफेट विश्वका चौथो सबैभन्दा धनी व्यक्ति थिए, जसको कुल सम्पत्ति १५४ अर्ब अमेरिकी डलर रहेको थियो।

एप्पलका सीईओ टिम कुकले पनि बफेटको अवकाशको सन्दर्भमा सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘वारेन जस्तो व्यक्ति अरु कोही छैनन्, र म पनि ती अनगिन्ती व्यक्तिहरू मध्ये एक हुँ, जो उनको बुद्धिमत्ताबाट गहिरो रूपमा प्रेरित भएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?