
काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् ।
काठमाडौं थापाथली (केई शोरुम-हुन्डाई शोरुमको विपरीत दिशा) मा २६ देखि २८ वैशाखसम्म यो कार्निभल हुनेछ ।
केई एक्स्चेन्ज कार्निभल २०८२ मा केईका ईभीमा आकर्षक अफर दिइने छ । कार्निभलमा पुराना गाडीसँग ई-क्युट ०२, ई-क्युट ०४ र एक्स ३ प्रो गरी केई ईभीका तीन मोडेल विशेष अफरसाथ एक्स्चेन्ज गर्न सकिने छ ।
ग्राहकले यस एक्स्चेन्ज योजना अन्तर्गत विशेष अन-द-स्पट सवारीसाधन मूल्यांकन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्यांकनमा दुई जनाका लागि क्यूएफएक्स हलमा फिल्मका टिकट प्राप्त गर्न सक्नेछन् ।
यस्तै थप बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलमा एक्स्चेन्ज बोनस पनि प्राप्त गर्न सकिने छ ।
प्रत्येक बुकिङ साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । ई-क्युट सवारी साधनसँग बोस जेट कार वासर, एक्स ३ प्रो सवारीसाधनका साथ बोस वासिङ मेसिन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कार्निभलमा पारिवारिक मनोरञ्जन, खेल र संगीत प्रस्तुत गरिने छ जहाँ सबै उमेरका लागि रमाइलो र उत्सवपूर्ण मनोरञ्जनात्मक प्रस्तुति हुनेछन् ।
प्रतिक्रिया 4