+
+
Shares

‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते २०:३०

काठमाडौं । जेठ १५ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा रोमान्टिक डान्सिङ ट्रयाक सार्वजनिक गरियो ।

निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको सङ्गीत, पुष्कर खत्रीको एरेन्ज र केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन छ ।

भिडियोमा कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ र गायक समेत रहेका बस्नेतको नृत्य देख्न सकिन्छ । सुनिल क्षेत्रीले गीतलाई रमाइलो र आकर्षक शैलीमा नृत्य निर्देशन गरेका छन् । मोडल कमल सिंहले मलिकासँग विवाह गर्दै गरेको भूमिकामा विशेष उपस्थिति जनाएका छन् ।

विवाह समारोहको परिवेश गीतमा आधारित छ । गीत सार्वजनिक गर्दै निर्देशक दिनेश राउतले यो फिल्मले नेपाली समाजमा विद्यमान वर्ग संघर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने बताए ।

दयाहाङ र खगेन्द्रले आफूहरू नृत्यकार नभएपनि ‘महाभोज’का गीतहरूमा नृत्य गरेको बताए । निश्चलले निर्देशक राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए ।

सन् २०१२ मा एकै वर्ष चलचित्र निर्देशन सुरुआत गरेका निश्चल र दिनेशले यसअघि सन् २०१७ मा राउत निर्देशित फिल्म ‘पर्व’मा सहकार्य गरेका थिए । सो फिल्मको चर्चित गीत ’काले दाइ’मा निश्चलले स्वर दिएका थिए भने नृत्य समेत गरेका थिए ।

‘महाभोज’ क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो । यो फिल्म सो मितिमा नेपाल र विदेशमा एकैसाथ प्रदर्शनमा आउने जनाइएको छ । निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?