+
+
Shares

मिस नेपाल आश्मा टाइटन घडीको व्यवसायिक दूतमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते २१:०१

काठमाडौं । भारतीय घडी उत्पादन ब्रान्ड टाइटनले मिस नेपाल आश्माकुमारी केसीलाई व्यवसायिक दूतमा नियुक्त गरेको छ । टाइटन कम्पनी लिमिटेडले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

एम्बेसडरमा केसीको नियुक्तिले ब्राण्डको प्रतिबद्धतालाई अझै बलियो बनाउने उल्लेख गर्दै कम्पनीले नेपालमा गहिरो सांस्कृतिक सान्दर्भिकता र प्रतिध्वनि निर्माण गर्ने मनासयलाई झल्काउने बताएको छ ।

‘आफ्नो सुन्दरता र आत्मविश्वासका लागि परिचित सुश्री आश्मा साहसी, गतिशिल र प्रामाणिकतामा आधुनिक नेपालको भावनालाई मूर्त रूप दिनुहुन्छ । उहाँकोे प्रभावशाली व्यक्तित्वले टाइटनको अनन्त डिजाइन, नवीनता र व्यक्तिगत अभिव्यक्ति प्रतिको प्रतिबद्धतालाई पूर्ण रूपमा प्रतिबिम्बित गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

‘हामी सुश्री आश्माकुमारी केसीज्युलाई टाइटन परिवारमा स्वागत गर्न पाउँदा हर्षित छौं’ टाइटन कम्पनी नेपालका कन्ट्री म्यानेजर वसन्त वासुदेवले भने, ‘हामी विश्वस्त छौं कि उनको सहयोगले घडीप्रेमीहरूको अर्को पुस्तासँग हाम्रो सम्बन्धलाई अझ गहिरो बनाउनेछ ।’

२० वर्षदेखि नेपाली बजारमा सक्रिय टाइटनको नेपालको आधिकारिक विक्रेता नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिलकुमार अग्रवालले प्रमुख सहरमा पहिचान बलियो बनाइरहेको बेला आश्मासँगको सहकार्य महत्वपूर्ण समयमा भएको बताए ।

‘हामीले भर्खरै वीरगन्ज र सिमरामा दुईवटा नयाँ टाइटन स्टोरहरू भोलि देखि नै खोल्दै छौं, जसले हाम्रो पद्चिन्ह थप्दैछ । आश्माको नेपाली जनतासँगको गहिरो सम्बन्ध र उनको बलियो व्यक्तिगत ब्रान्डले हामीलाई हाम्रा ग्राहकहरूसँग अझ घनिष्ट सम्बन्ध बनाउन मद्दत गर्नेछ’ उनले भने ।

सहकार्यको बारेमा बोल्दै मिस नेपाल आश्माले टाइटनजस्तो ब्रान्डसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताइन् । ‘टाइटन एक घडी भन्दा बढी हो । यो व्यक्तिगत कोशेढुङ्गा र अर्थपूर्ण शैलीको प्रतीक हो । म परम्परा र नवीनता दुवैलाई महत्व दिने ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छु’ उनले भनिन् ।

आश्मालार्ई टाइटन ब्रान्डका नवीनतम डिजाइनको साथमा विज्ञापन र डिजिटल प्लाटफर्ममा देखाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?