+
+
Shares

प्रिसा साहबारे भारतसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन सभामुखको रुलिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते ११:५७

२२ वैशाख, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी विद्यार्थी प्रिसा साहबारे भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन सरकारलाई सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले आकस्मिक समयमा यो विषय उठाएका थिए । त्यसपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन् ।

साह झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यो विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको सभामुख घिमिरेले बताएका छन् ।

उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न भएको सभामुख घिमिरेले बताएका छन् ।

सभामुख घिमिरेले भनेका छन्, ‘सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु ।’

विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न पनि सभामुख घिमिरेले अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?