+
+
Shares

न्यूह बज्राचार्यको संगीत, मेनुका पौडेलको स्वरमा ‘बदमास’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते २१:०६

काठमाडौं । न्यूह बज्राचार्यको संगीत र मेनुका पौडेलको स्वरमा रहेको नयाँ गीत ‘बदमास’ युट्युबमा सार्वजनिक भएको छ । हालै रिलिज भएको यो गीतले दर्शकमाझ चर्चा बटुलिरहेको छ ।

सुन्दर राजभण्डारीको शब्द समावेश गीतले प्रेमको गहिरो भावना बोकेको छ । प्रेमीले गीतमा मन, सोच, आँखा र ओठलाई ‘बदमास’ विम्वको रुपमा उल्लेख गरेका छन् ।

भिडियोमा सनिशा भट्टराई र विजु पार्कीको अभिनय छ । भिडियोलाई विमलेश अधिकारीले निर्देशन गरेका हुन् भने विक्रान्तमान श्रेष्ठ कार्यकारी निर्माता, प्रविण मानन्धरको सम्पादन र कलरिङ, गोपाल रसाइली एरेञ्जर, हरी हुमागाईं क्यामेरा, तथा करण शाह र रबिता मगर नृत्य निर्देशकको रुपमा छन् ।

हालै गीत रिलिज गर्न आयोजित कार्यक्रममा दर्शकको खचाखच उपस्थिती रह्यो । विकास राणा, विपिन कार्की, केकी अधिकारी, विप्लव प्रतीक लगायतका चर्चित कलाकार तथा संचारकर्मी पनि उपस्थित रहे ।

यो गीत युट्युबसँगै स्पोटीफाई लगायतका सांगीतिक प्लाटफर्ममा उपलब्ध रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?