+
+
Shares

साढे १० घण्टा चल्यो प्रतिनिधिसभाको बैठक

आजको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राखे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते २१:४३

२२ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठक साढे १० घण्टा चलेको छ ।

बिहान ११ बजेर ३ मिनेटमा सुरु भएको बैठक राति ९ बजेर ३३ मिनेटमा सकिएको हो ।

सोमबारको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल भयो । छलफलमा सत्ता र प्रतिपक्षी दलका सांसदहरूले भाग लिए ।

सत्तापक्षका सांसदले सरकारले ल्याएको कार्यक्रमको बचाउ गरे भने प्रतिपक्षी दलका सांसद्ले विभिन्न संशोधन प्रस्ताव राखे र संशोधनको माग राखे ।

गत १९ वैशाखमा संघीय संसद्को बैठक राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सोमबारबाट सुरु भएको छलफल २६ वैशाखसम्म चल्नेछ । २८ वैशाखमा सांसद्हरूले उठाएको जिज्ञासामा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेछन् । त्यसपछि सभामा नीति तथा कार्यक्रम निर्णयार्थ प्र्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?