
२३ वैशाख, गौर । रौतहट प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्राइएका सामान बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ बस्ने ३७ वर्षीय राकेश पासवान छन् ।
वैशाख २१ गते राति ११ बजे खटिएको गस्ती टोलीले रौतहटको गौर नगरपालिका वडा नं. ४ लालबकैया नदी किनारबाट दुई लाख ३३ हजार एक सय रुपैयाँ बराबरका कपडासहित उनलाई नियन्त्रणमा लिएको हो ।
उनको साथबाट नम्बर प्लेट नभएका दुईवटा मोटरसाइकल समेत बरामद गरेको प्रहरीको भनाइ छ ।
बरामद मोटरसाइकल र लत्ताकपडासहित पासवानलाई गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4