
काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड ‘पञ्चकन्या बाथवेयर’ को धनगढीमा औपचारिक सुरुवात गरेको छ ।
यो नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइ सम्बोधन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
पञ्चकन्या बाथवेयरले प्रिमियम स्तरको ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गर्दैछ । जसले विलाशिता, पहुँच योग्यता र दीर्घकालीन भरपर्दोपनलाई एकैसाथ जोड्ने कम्पनीको भनाइ छ ।
धनगढीमा आयोजित डिलर लन्च कार्यक्रमलाई स्थानीय व्यावसायिक संघ, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो ।
पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गर्दै बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाबारे प्रकाश पारे ।
पञ्चकन्या बाथवेयरका सेल्स हेड बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीहरूलाई जानकारी दिए ।
प्रतिक्रिया 4