
काठमाडौं । ‘मिसेस भोग नेपाल २०२५’की विजेता सुमी मल्लले थाइल्याण्डको बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा दुई उपाधि जितेकी छन् ।
‘हाउस अफ फेसन’ले पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिएको हो । गतसाता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेसनल २०२५’मा मल्लले मिसेस इन्सिरेसनल र सेकेन्ड रनरनपको उपाधि जितेकी हुन् । मल्ल पेशाले वरिष्ठ दन्त चिकित्सक हुन् ।
मिसेस भोगको ताज लगाएरै मल्लले बैंककमा आयोजित प्रतिस्पर्धामा उपाधि जितेको जनाइएको छ । उनले उक्त पेजेन्टमा २५ मुलुकका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
‘मुख्य उपाधि रसियाकी प्रतिस्पर्धिले जित्नुभयो, त्यो क्षण उहाँको पक्षमा रह्यो, तर नेपाली प्रतिस्पर्धिको रुपमा मैले पनि उत्कृष्ट प्रस्तुति दिन सफल भएँ, मुख्य उपाधि जित्न नसके पनि सेकेण्ड रनर्स अप तथा मिस इन्स्पिरेस्नल (सबैभन्दा प्रेरणादायी) को अवार्ड जित्नु आफैँमा उपलब्धिमूलक रहेको ठानेकी छु’ ५ फिट ८ ईन्च उचाईकी मल्लले भनिन् ।
बैंककमा सम्पन्न प्रतियोगिताको क्रममा आफूलाई ‘मिसेस नेपाल’ भनेर गरिएको सम्बोधनले गौरवान्तित रहेको धारणा उनको छ । ‘मिसेस भोग नेपाल २०२५’ को आयोजक संस्था हाउस अफ फेसन नेपालकी संस्थापक निर्देशक ओसिमा बानुले मल्लको समर्पण, सौन्दर्य र अदम्य साहसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गर्वित तुल्याएको धारणा व्यक्ति गरिन् ।
पत्रकार सम्मेलनमा हाउस अफ फेसनले तेस्रो संस्करणको ‘मिसेस भोग नेपाल २०२६’ को घोषणासमेत गरेको छ । आगामी जनवरीमा आयोजना हुने उक्त प्रतियोगितामा विवाहित नेपाली नारीहरुले प्रतिस्पर्धा गर्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया 4