
काठमाडौं । पाकिस्तानी सेनाले थप अर्को एउटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।
बुधबार बिहान शकरगढ सेक्टरमा पाकिस्तानी सुरक्षा बलले थप अर्को एउटा भारतीय ड्रोन खसालेको पाकिस्तानी सुरक्षा स्रोतलाई उदृत गर्दै पीटीभी न्यूजले जनाएको छ ।
पाकिस्तानी सुरक्षा स्रोतका अनुसार भारतीय उक्त ड्रोन पाकिस्तानी क्षेत्रमा प्रवेश गरेको केही समयपछि नै निष्क्रिय पारिएको थियो ।
यसअघि पाकिस्तानी सेनाले पाँच भारतीय जेट र एउटा ड्रोन खसालेको दाबी गरेको थियो ।
‘अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान – जसमा तीन राफेल, एक एसयू-३० र एक मिग-२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् ।
बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन।
यद्यपि भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ ।
सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरिएको छ, जुन गलत भएको पीआईबी फ्याक्ट चेकले जिकिर गरेको छ ।
प्रतिक्रिया 4