
काठमाडौं । आईटी प्लाजा कमलपोखरीमा जारी ‘आईटी प्लाजा महोत्सव’ को अवधि बढाइएको छ । राजधानीका प्रविधिप्रेमीबीच उत्साहको नयाँ तरंग ल्याएको महोत्सवको अवधि बढाइएको आयोजकले जनाएको छ ।
सुरुमा सीमित अवधिका लागि सञ्चालन गरिएको महोत्सवमा ग्राहकको अत्यधिक भीड र सकारात्मक प्रतिक्रिया आएपछि आईटी प्लाजा व्यवस्थापन समितिले महोत्सव अवधि २७ वैशाखसम्म विस्तार गर्ने निर्णय गरेको हो ।
यस महोत्सवमा प्रविधिको विविधता, विशेष छुट र आकर्षक अफरले बजार उत्साहित बनाएको छ । ८० प्रतिशतसम्मको विशेष छुट, ५ हजार ५ सय मूल्यको एमएसआई गेमिङ माउस १ हजारमा र पहिला आउने २० जनाका लागि निःशुल्क ल्यापटप सर्भिसिङ जस्ता अफरमा ठूलो चासो देखिएको छ ।
फोटो बुथमा फोटो खिचेर फेसबुकमा पोस्ट गर्ने सहभागीलाई हरेक दिन ५ जना विजेतालाई पुरस्कार प्रदान गर्ने गरिएको आयोजकको भनाइ छ ।
अब दुई बम्पर पुरस्कार ‘एसर नाइट्रो भी१५’ र ‘एसर एस्पायर लाइट १४’
महोत्सवमा सहभागी सबै ग्राहक जो कुनै पनि सामान खरिद गर्छन्, उनीहरू ‘एसर नाइट्रो भी१५’ ल्यापटप जित्ने बम्पर लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।
यस वर्षको अर्को विशेष पहलस्वरूप कलेज विद्यार्थी लक्षित गर्दै दोस्रो बम्पर उपहार ‘एसर एस्पायर लाइट १४’ ल्यापटप पनि थप गरिएको छ ।
एसर एस्पायर लाइट १४ ल्यापटप पूर्णरूपमा निःशुल्क दिइने आयोजकले जनाएको छ । यो ल्यापटप जितन विभिन्न कलेज मार्फत वितरण गरिएका कुपन प्रयोग गरी विद्यार्थीले भाग लिन सक्नेछन् । सहभागी हुन चाहने विद्यार्थीले आफ्नो कुपन लिएर आईटी प्लाजा जानुपर्ने छ र त्यहाँ रहेको कुपन ड्रप बक्समा कुपन राखेर लक्की ड्रमा सहभागी हुन सकिने छ ।
दुवै बम्पर उपहार महोत्सवको अन्तिम दिन वितरण गरिने र सहभागीहरूको उपस्थिति अनिवार्य हुनुपर्ने आयोजकको भनाइ छ ।
‘हामीले कलेज विद्यार्थीका लागि यो छुट्टै बम्पर गिफ्ट राखेका छौं, ताकि उनीहरूले पनि प्रविधिमा पहुँच र अवसरको अनुभूति गर्न सकून् । महोत्सव सबैका लागि हो, त्यसैले हामीले विद्यार्थीलाई समेत समेट्ने निर्णय गरेका छौं,’ आईटी प्लाजा व्यवस्थापन समितिका एक सदस्यले भने ।
प्रतिक्रिया 4