+
+
Shares
बक्सअफिस :

‘जार’ र ‘ऊनको स्वीटर’ले कति शो पाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १४:०२
‘जार’को एक दृश्यमा गीताञ्जली थापा (बायाँ) र ‘ऊनको स्वीटर’मा मिरुना मगर ।

काठमाडौं । शुक्रबारदेखि नेपाली बक्सअफिसमा दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ प्रदर्शन तयारीमा छन् । अन्तिम समयमा बलिउड फिल्म ‘भूल चुक माफ’को प्रदर्शन रद्द भएको छ । जसको फाइदा नेपाली फिल्मले उठाउनेछन् ।

प्रदर्शन हुन लागेका दुवै नेपाली फिल्म सामाजिक र सम्बन्धको कथावस्तुमा आधारित ‘सोसल ड्रामा’ हुन् । तपाईंलाई सोसल ड्रामा जनराका फिल्ममा रुचि छ भने यी दुई फिल्म दर्शनीय हुनसक्छन् ।

विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ले देशब्यापी १९० शो प्राप्त गरेको छ । सौगात मल्ल, गीताञ्जली थापा र मिरुना मगर स्टारर ‘जार’ले देशब्यापी ८६ शो पाएको छ ।

अहिले हलमा १० फिल्म चलिरहेकाले सप्ताहन्तबाट रिलिज हुन लागेका नयाँ फिल्मले पनि शो बाँड्नुपर्ने बाध्यता छ । नयाँ दुवै फिल्मले पाएको शो संख्या सुखद हो । ‘वर्ड अफ माउथ’ सकारात्मक प्राप्त गरेको खण्डमा फिल्महरूले राम्रो अकुपेन्सी हासिल गर्न सक्ने अपेक्षा छ ।

रिलिज तयारीमा रहेका दुवै फिल्मको एड्भान्स टिकट बिक्री खुलेको छ । विहिबार रातीसम्म अग्रिम टिकट बिक्रीले आकार प्राप्त गर्नेछ ।

अहिले हलमा बलिउडको ‘रेड २’, हलिउडको ‘थन्डरबोल्ट्स’, हिट, भूठान, खेल, देवी डकुमेन्ट्री, अन्जिला, पिताम्बर, केशरी च्याप्टर २, भिल्को लगायतका फिल्म प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?