+
+
Shares

सुन तोलामा १४ सय घट्यो

हिजो बिहीबार ६ सय रुपैयाँ बढेको सुन शुक्रबार १ हजार ४ सय रुपैयाँ घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १२:१७
२६ वैशाख, काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । हिजो बिहीबार ६ सय रुपैयाँ बढेको सुन शुक्रबार १ हजार ४ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ८ सय रुपैयाँ कायम छ । बिहीबार तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँमा  कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँ बढेको छ । चाँदी बिहीबार तोलामा १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज भने प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?