+
+
Shares

राप्रपालाई बास्कोटाको सुझाव : तासको राजारानी खोज्नू, जिन्दगी गुजार्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १४:१०

२६ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा फेरि राजतन्त्र फर्किने सपना बाकेर नहिंड्न सुझाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रममै संविधान संशोधनको प्रतिबद्धता जनाएको स्मरण गरे । संविधानमा संशेधन गर्न सकिने विषयलाई राप्रपाले समेत सघाउन सक्ने उनको आग्रह छ ।

राजा नै फर्काउने सपना भने नदेख्न उनको सुझाव छ । ‘होइन भने तासका बुकका राजारानी खोजेर अब जिन्दगी गुजार्नुस्, बाँकी त कहाँबाट आउनू ?,’ राप्रपालाई उनको राय छ ।

राप्रपा राजसंस्था पक्षधर पार्टी हो । राजा–राजा भन्नु पनि समयको बर्बादी हो भन्ने बुझेर समयमै सच्चिन उनको आग्रह छ ।

उनी भन्छन्, ‘राजा–राजा भनेको छ । निन्द्रा नि नपर्ला जस्तो भइसक्यो ! आउँदैन हजुर त्यो । त्यतातिर कोसिसै नगरौं । यो पनि समयको बर्बादी हो के । यसकारण त्यतातिर नजाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?