+
+
Shares

गभर्नरको विषयमा असमझदारी छैन : महेश बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १८:३८

२६ वैशाख, काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताएका छन् ।

शुक्रबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिका लागि केही समय लिइएको जानकारी गराए । दलहरूबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको उनको भनाइ थियो ।

‘यसमा सरकार नियमति प्रक्रियाबाट छलफलको प्रक्रियामा छ । कहिले कहीँ कुनै जिम्मेबारी केही दिन अगाडि पनि नियुक्तिको प्रक्रिया टुङ्गिएर कार्यकाल सकिने, कोही व्यक्ति कार्यकाल सकिने बित्तिकै काम प्रक्रिया आरम्भ हुने अवस्था पनि बन्छ,’ उनले भने, ‘कसैका लागि केही छलफलका प्रक्रियाले थप समय पनि लिनसक्छ । तर तपाईंहरूलाई यति कुरा म भन्न चाहन्छु कि सरकारले छिटोभन्दा छिटो गभर्नर नियुक्तिको प्रक्रिया निष्कर्षमा पुर्‍याउँछ । सरकारको बीचमा दलहरूको बीचमा गभर्नर नियुक्तिको बीचमा कुनै अन्तरविरोध असमझदारी त्यो भएको अवस्था छैन ।’

केही कानुनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको उनको भनाइ थियो ।

‘केही कानुनी विषय बने, अदालतमा प्रवेश पनि पायो । त्यसकारणले गर्दा पनि केही ढिलो भएको होला तथापि मेरो विचारमा उपयुक्त व्यक्ति, उपयुक्ति जिम्मेबारीमा उपयुक्त समयमा सरकारले निर्णय गर्छ,’ बर्तौलाले भने ।

प्रमुख सचेतक बर्तौलाले सरकारले वर्तमान संविधान र व्यवस्था विरुद्धको कुनैपनि गतिविधिको प्रतिवाद र विरोध गर्ने पनि बताए ।
‘मुलुकलाई द्वन्द्वतर्फ लैजान कहीँ कतैबाट खेती गर्न सकिन्छ कि भन्ने प्रायोजित र षड्यन्त्रको विषय मात्रै हो । कदापी पनि नेपाली समाज कुनै वंशमा जन्मिएका कोही व्यक्तिलाई देशको सर्वोच्च आशनमा स्वीकार गरेर त्यस हिसाबले मुलुक हुकुम प्रमाङ्गीबाट चल्ने बन्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?