
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- विदेश जाने नेपाली विद्यार्थीको रकम १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
- चैतसम्म भ्रमण व्यय १ खर्ब ७० अरब ३९ करोड रुपैयाँ पुगेको छ, जसले गत वर्षको तुलनामा १९ प्रतिशत वृद्धि देखाएको छ।
- विदेश घुम्न जाने नेपालीहरूले विदेशी मुद्रा खर्च गरेका छन् भने नेपालले विदेशी नागरिकबाट आम्दानी गरेको रकम त्यसको तुलनामा कम भएकोले सेवा घाटा भएको छ।
२८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्म नेपाली विद्यार्थीले १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव चैत मसान्तसम्मको वित्तीय तथा आर्थिक स्थिति प्रतिवेदन अनुसार गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको थियो ।
चैतसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । जुन गत आव सोही अवधिको तुलनामा १९ प्रतिशत धेरै हो । यसमध्ये शिक्षाको हिस्सा अधिक छ । नेपालबाट विदेश घुम्न जानेले ९ महिना अवधिमा ६६ अर्ब ५५ करोड विदेशी मुद्रा खर्च गरेका छन् ।
उता नेपाल घुम्न आउने विदेशी नागरिकबाट नेपालले ६६ अर्ब ५४ करोड आम्दानी गरेको छ ।
तथ्यांक अनुसार भ्रमण आयको तुलनामा व्यय माथि देखिन्छ र जसले गर्दा खुद सेवा आय ८१ अर्ब ५४ करोड घाटामा छ ।
प्रतिक्रिया 4