+
+
Shares

सर्वोच्चको आदेश- डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण बनाउनू

सहकारी क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न प्राधिकरण अपरिहार्य देखिएको भन्दै सर्वोच्चले एक साताभित्र सिफारिस समिति बनाई डेढ महिनाभित्र प्राधिकरण गठन गर्न आदेश दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते ६:१२

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सरकारलाई आदेश दिएको छ।
  • सहकारी समस्या समाधानका लागि चार बुँदे निर्देशनात्मक आदेश जारी भएको छ।
  • सहकारी क्षेत्रको सुधार र प्रभावकारी व्यवस्थापनका लागि प्राधिकरण गठन अनिवार्य भएको अदालतको ठहर छ।

२९ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले डेढ महिनाभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

सहकारी ऐनको संशोधनमा प्राधिकरण गठन गर्ने र त्यसका लागि सिफारिस समिति बनाउनुपर्ने व्यवस्था थियो ।

मुलुकमा देखिएको सहकारी समस्या सम्बोधन गर्न अहिलेसम्म सिफारिस समिति गठन भएको नदेखिएको भन्दै सर्वोच्च अदालतले चार बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले एक साताभित्र सिफारिस समिति गठन गर्न र डेढ महिनाभित्र प्राधिकरण नै गठन गर्न आदेश दिएको हो ।

उसले अब गठन हुने प्राधिकरणलाई प्रभावकारी रुपमा काम गर्ने वातावरण बनाउन आदेश दिएको छ । अनि प्राधिकरणबाट काम गर्दा ‘बचतकर्ताको सर्वोत्तम हित’लाई ध्यानमा राख्नु भनी निर्देशनात्मक आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले समस्याग्रस्त सहकारीबाट बचतकर्ताको बचत रकम फिर्ता गराउन तत्काल कदम चाल्न भनेको छ । उसले त्यसका लागि समस्याग्रस्त सहकारीको व्यवस्थापन समितिबाट सहकारीको सम्पत्ति र ऋण प्रदान गर्दाको धितो बिक्री गरेर रकम फिर्ताको प्रक्रिया थाल्न भनेको हो ।

सर्वोच्चले सहकारी बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन विशेष समितिको प्रतिवेदनले औल्याएका सुझावहरु तीब्रताका साथ कार्यान्वयन गर्न आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ताहरु डा.सुरेन्द्र भण्डारी, ध्रुवलाल श्रेष्ठ एवं अधिवक्ता स्वागत नेपाल लगायतले सहकारी समस्या सम्बोधन गर्न सरकार उदासिन देखिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनमाथिको कारवाहीपछि सर्वोच्च अदालतले चार बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो ।

‘नीतिगत तथा कानूनी सुधार देखिएपनि संस्थागत प्रबन्ध हुन नसकेको र कानून कार्यान्वयनमा समेत तदारुकता नदेखिएको स्थिति छ’ न्यायाधीशहरु कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले जारी गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘राष्ट्रिय सहकारी नियमन प्राद्यिकरणको गठन सहकारी क्षेत्रका समस्याको पहिचान र  सम्बोधनका लागि अपरिहार्य भईसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?