+
+
Shares

नेपालको सामुदायिक होमस्टे टाइम म्यागेजिनको उत्कृष्ट गन्तव्य सूचीमा

टाइम म्यागेजिनको मूल्यांकन अनुसार नेपालको सामुदायिक होमस्टेले स्थानीय समुदायसँग पर्यटकलाई जोड्नुका साथै सांस्कृतिक सम्पदा संरक्षणमा पनि योगदान पुर्‍याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १३:००
Photo Credit : टाइम म्यागेजिन
लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ पार्क ।

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • नेपालको सामुदायिक होमस्टेलाई टाइम म्यागेजिनले २०२५ का लागि उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ ।
  • होमस्टेले स्थानीय समुदाय र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
  • सामुदायिक होमस्टे २०१२ मा पनौतीबाट सुरु भएको हो र हाल २०० भन्दा बढी होमस्टे सञ्चालनमा छन् ।

२९ वैशाख, काठमाडौं । विश्वप्रसिद्ध टाइम म्यागेजिनले नेपालको सामुदायिक होमस्टेलाई सन् २०२५ का लागि उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ ।

टाइम म्यागेजिनको मूल्यांकन अनुसार नेपालको सामुदायिक होमस्टेले स्थानीय समुदायसँग पर्यटकलाई जोड्नुका साथै सांस्कृतिक सम्पदा संरक्षणमा पनि योगदान पुर्‍याएको छ ।

नेपालको सामुदायिक होमस्टे सन् २०१२ देखि पनौतीबाट सुरु भएको थियो । पनौतीमा बस्ने एकल महिला मिना कोइरालाले यसको सुरुवात गरेकी थिइन् ।

हाल यो १८ समुदायमा फैलिएको छ र यस मातहत २०० भन्दा बढी होमस्टेहरू सञ्चालित छन् ।

होमस्टेमार्फत् स्थानीय समुदायसँग सिधा सम्पर्कमा आउने पर्यटकहरूले नेपालको दिगो पर्यटन र संस्कृति संरक्षणमा सहयोग पुगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?